पुटिनको भेटमा किमलाई सम्झाईदिन ट्रमको आग्रह

1200
views

नवदृष्टि संवादादाता
काठमाण्डौ, २६ कार्तिक । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रसियाको हस्तक्षेप रहेको भनी अमेरिकी वृत्तमा लगाइने गरेको आरोपको पुनः खण्डन गर्दै आरोप आधारहीन रहेको बताएका छन् ।

पुटिन शनिबार भियतनाममा भएको एसिया प्रशान्त क्षेत्रस्तरीय शिखर सम्मेलनको शिलशिलामा अमेरिकी राष्ट्रपति ट्रम्पसँग भएको भेटमा निर्वाचनमा हस्तक्षेपको आरोपले आँफूलाई अपमानित भएको महसुस गरेको बताएका ट्रम्पले बताए ।

पुटिनले हस्तक्षेपका आरोपहरुलाई ‘हाँस्यास्पद’ भनी टिप्पणी गरेके बताइएको छ । न्याय मन्त्रालयले ट्रम्पको टोलीमाथि लागेको साँठगाँठको आरोपसहितका दाबीहरुमाथि छानबिन गरिरहेको छ ।

सम्मेलनको क्रममा पुटिनसँग तीन पटकसम्म संक्षिप्त कुराकानी भएको ट्रम्पले बताए । अरुको अगाडि चर्को स्वारमा भाषण गर्ने ट्रम्प पुटिनको अगाडि नतमस्तक भएको अन्तर्रा्ष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । भेटमा ट्रम्पले उत्तर कोरियालाई सम्झाइ दिन समेत आग्रह गरेका थिए ।

आँफूहरूबीच सिरियामा जारी युद्धको बिषयमा छलफल भएको र यस बिषयमा सैन्य समाधान उपयुक्त नभएको तर इश्लामिक आतङ्कवादी जिहादी समूह (आइएसआइएस) लाई परास्त गर्ने विषयमा एकमत भएको ट्रम्पको भनाइ थियो ।