जति गरें देशका लागि गरें–डा. महत

4163
views

नवदृष्टि संवादादाता
काठमाण्डौ, २६ कार्तिक । नेपाली काँग्रेस नुवाकोट क्षेत्र नं १ प्रतिनिधि सभाका उमेदवार एवं पूर्व अर्थमन्त्री डा. रामशरण महतले राजनीतिमा लागेर जे जति गरें देश र जनताका लागि गरेको बताएका छन् ।

चुनावी अभियानमा उनले भने ‘पटक पटक अर्थमन्त्री भएँ, अर्थमन्त्री भएर पनि जिल्लालाई केही गरेन भन्ने विपक्षीको गुनासो ब्यापक छ, तर, त्यो होईन् जति गरे जिल्लाका लागि गरे, देशका लागी गरे ।’ गर्न बाँकी के छ ? महतले जनताकै माग अनुसार र सांसद हुँदा रोकिएका योजना पूर्ण गर्नका लागि अहिलेको उम्मेदवारी भएको पनि बताए । उनले अभियानमा आफ्ना एजेण्डाहरु प्रष्ट रुपमा राख्दै आएका छन् । पूर्व अर्थमन्त्री महतले औद्योगिक लगानी र उत्पादनमा ब्यापक विस्तार गर्न जिल्लावासीलाई उत्साह थप्ने कार्यक्रम ल्याउने, पुनःनिर्माणको काम कछुवा गतिमा भएको र निश्चित समयभित्र भूकम्प प्रतिरोधी आवास निर्माण गर्न पुनःनिर्माण प्राधिकरणलाई प्रेरित गर्ने, पर्यटन विकासका लागी विषेश कार्यक्रम संचालन गरि यूवाहरुलाई रोजगारीको अवसर सृजना गर्ने लगायतका एजेण्डाहरु सार्वजनिक गरेका छन् ।

उनले नुवाकोटलाइ केन्द्रिय पहुँचसम्म जोड्नसक्ने क्षमता आफुसंग मात्र भएकोले अमुल्य मतदान गर्न मतदाता समक्ष अपिल गरेका छन् । विगतमा विकास निर्माणका कार्य गर्दा र जनताका दुःखका बेला आफुले दिएको साथलाइ जनताले कहिले पनि भुल्न नसक्ने पनि बताएका छन् ।

उनले विजयी हुनुभन्दा अघि आउने चुनौतीलाइ जनताको घरदैलोमा पुगेर मतदाताहरुलाई प्रष्ट रुपमा भनेपछि समाधान गर्ने बताउँदै अबको आर्थिक क्रान्तिको नेतृत्व पनि कांग्रेसले गर्नुपर्ने भएकोले आम मतदाताहरलाई मतदान गर्न समेत अपिल गरेका छन् ।