चुनाव जितेपछि पाण्डेलाई ठेक्का मिलाईदिन ज्ञवालीको प्रचण्डसँग आग्रह

401
views

नवदृष्टि संवादादाता
चितवन, २६ कार्तिक । एमाले नेता देवी ज्ञवालीले चितवन–३ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भने तपाईले चुनाव जितेपछि प्रतिद्धन्दी राप्रपा (प्रजातान्त्रिक) का बिक्रम पाण्डेलाई निर्माण कामको ठेक्का मिलाईदिनुहोला ।

पाण्डे राजनीतिज्ञको साटो ठेकेदार भएको बताउँदै ज्ञवालीले चितवन–३ को मुहार फेर्न प्रचण्डलाई विजयी गराउनु पर्ने बताएका हुन् ।

ठेकेदारबाट चितवनको विकास हुन सक्दैन, चितवनको मुहार फेर्ने हो भने प्रचण्डले जित्नुपर्छ’ चितवन–२ मा पर्ने मंगलपुरमा आइतवार आयोजित घरदैलो र चुनावी सभालाई सम्बोधन गर्दै ज्ञवालीले भने, ‘बिक्रम दाई ठेकेदार हो ।

त्यसैले कमरेड प्रचण्ड, तपाईंले विजय हासिल गरेपछि उहाँलाई ठेक्का पारिदिने काम काम चाहिँ गरिदिनु होला ।’

कार्यक्रममा चितवन-३ मा स्वतन्त्र उम्मेद्वारी दिएका हरिप्रसाद दाहालले आफ्नो उम्मेदवारी फिर्ता लिएर प्रचण्डलाई समर्थन गरेको घोषणा गरेका छन् ।