एमालेबाट कुश्मा नगरपालिकाको मेयर पदका लागि चार उमेदवारको घम्साघम्सी

307
views

कमल परियार
पर्वत, ७ बैशाख । नेपाली काँग्रेससँग कुश्मा नगरपालिकामा मतको आधारमा प्रतिष्पर्धा गर्ने पार्टी नेकपा एमाले पर्वतमा मेयर पदका लागि चार उमेदवारले दाबी गरेका छन् । मेयर पदका लागि मेघनाथ सुवेदी, गोविन्द पहाडी, शान्त पौडेल र मनोहर वि पौडेलको दाबी रहेको एमाले पर्वतले जनाएको छ । यस्तै उपमेयर पदका लागि मुगा पोख्रेल र सरिता भण्डारी आकाँक्षी रहेका छन् ।
मेयर पदका लागि दाबी गर्दै आएका चारैजना उमेदवारहरु बामपन्थी आन्दोलनमा सक्रिय एवं सामाजिक क्षेत्रमा क्रियाशिल रहँदै आएका उमेदवारहरु हुन् । मेयर पदका आकाँक्षी उमेदवारहरु मध्ये मेघनाथ सुवेदीको सम्भावना बढ्दो देखिएको एमाले स्रोतको भनाई छ । स्रोतका अनुसार २०४३ सालमा जनपक्षिय प्रधानपञ्च जितेका सुवेदीले राजासँग बहुदल माग्ने पहिलो नेता भएको र बहुदल प्राप्तीका लागि १७ महिना जेलजीवन व्यतित गर्ने नेता भएकोले सुवेदीको पक्षमा सर्वहमत हुनसक्ने सम्भावना रहेको देखिन्छ ।
आकाँक्षी मेयर उमेदवार मध्येकै शान्त पौडेल शिक्षक राजीनितबाट राजीनामा दिएर बहुदल प्राप्तीका लागि राजनीतिक मैदानमा उत्रिएका अगुवा नेता हुनुहुन्छ । उहाँको पक्षमा सर्वसहमत भएपनि पार्टीले उमेदावर बनाउन सकिने सम्भावना रहेको उहाँ निकट एमाले नेताहरुको भनाई छ । पौडेलले २०५४ सालमा निर्वाचित गाविस अध्यक्ष भै नेतृत्व तहको भूमिका निर्वाह गरिसक्नु भएको छ ।
यस्तै अर्का आकाँक्षी गोविन्द पहाडी पनि युवा जुझारु नेता भएको नेता कार्यकर्ताहरुको भनाई छ । पहाडी गैरसरकारी संस्था महासंघ छाडेर एमालेको राजनीतिमा होमिनुभएको नेता भएकोले उहाँमा पनि तिक्ष्ण राजनीतिक क्षमता भएको एमाले पर्वतले जनाएको छ ।
मेयर पदकै अर्का आकाँक्षी मनोहर वि पौडेल दलित आन्दोलनका अगुवा हुनुहुन्छ । दलित अधिकारलाई उठान गर्ने नेता भएकोले मनोहर वि पौडेलको पनि उम्दवारको आकाँक्षा बढेको एमाले नेताहरुको भनाई छ ।
एमाले कुश्मा नगरसमितिले उमेदवार टुङ्गो लगाउँदै
नेकपा एमाले कुश्मानगर समितिले आज कुश्मा नगरपालिकाका १४ वटै वडाका उमेदवारहरुको टुङ्गो लगाउने भएको छ । आज बिहिवार बस्ने सचिवालयले वडा अध्यक्ष रसदस्यहरुको टुङ्गो लगाउने एमाले कुश्मा नगरसमितिले जनाएको छ । वडा अध्यक्ष र वडा सदस्यहरुको राय सहित जिल्ला समितिलाई पठाउने निर्णय भएकोले सर्वसम्मतले आएका उमेदवारहरुलाई सर्वसहमतिले नै पठाउने र एउटै वडाबाट धेरै आकाँक्षीहरुैको नाम सिफारिस भए प्रस्तावित आकाँक्षीहरु आफ्नो राय सहित जिल्ला समितिलाई प्रस्ताव गर्ने एमाले कुश्मा नगर समितिको योजना रहेको छ ।