पूर्वमन्त्रीको गाडीमा बम आक्रमण, गार्ड घाईते

388
views

भोजपुर, २८ कार्तिक । पूर्व सुचना तथा सञ्चारमन्त्री एवंं एमालेका नेता शेरधन राईको गाडीमाथि बम र गोली प्रहार हुँदा सुरक्षा गार्ड असई घाईते भएका छन् ।


भोजपुर सदरमुकामदेखि टेम्केमैयुँ गाउँपालिकाको कोटतर्फ चुनावी सभामा जाँदै गर्दा बिहान टेम्केमैयुँ गाउँपालिका–६ गुम्बामा राई सवार बा १५ च ५६०७ नम्बरको वनटेन गाडीमा बम प्रहार भएको थियो । अज्ञात व्यक्तिले बम र गोली प्रहार गरेको शेरधन राइले बताएका ।

बमबाट राईको सुरक्षामा खटिएका असई डिल्लीबहादुर देवकोटाको दाहिने हातमा चोट लागेको र गाडीको अगाडीको भाग क्षति भएको राइले बताएका छन । आक्रमणपछि राइका सुरक्षार्थ खटिएका प्रहरी साहयक निरीक्षक डिल्ली देवकोटाले पनि २१ राउण्ड जवाफी फायर गरेको र राई र उनको साथमा रहेका कार्यकर्ता सकुशल रहेको राईले बताए । कार्यकर्ता भने सकुशल रहेका नीजि सचिव तिलकराम राईले जानकारी गराएकाछन् ।