२० औं हप्ताकाे  गर्भवती सेरेना विलियम्स

782
views

एजेन्सी, ७ ,बैशाख ।सेरेना विलियम्सले टेनिस वर्ल्डलाई अचम्मित गरिदिने खबर दिएकी छिन् । उनी आमा बन्दैछिन् । २३ ग्रान्ड स्ल्याम उपाधी जितिसकेकी ३५ वर्षीया सेरेनाले स्न्यापच्याट पोष्टमार्फत आफ्ना प्रशंसकलाई खुसीको खबर सार्वजनिक गरेकी हुन् । सेरेनाले एक तस्बिर पोष्ट गरिन् । जसमा उनी पहेंलो रङको स्विमसुट लगाएर ऐनाको अगाडि उभिएकी छिन् ।
अर्थात यो वर्ष जनवरीमा अष्ट्रेलियन ओपन जितेर रेकर्ड २३ औं ग्रान्ड स्ल्याममा कब्जा जमाउने सेरेना दुई महिनाकी गर्भवती थिइन् । अहिलेकी विश्व नम्बर – २ सेरेनाले रेड्डिटका सह–संस्थापक एलेक्सिस ओहानियनसँग इन्गेजमेन्ट गरेको खबर पनि सोसल मिडियामार्फत जानकारी दिइन् । सेरेनाभन्दा पहिले पूर्व नम्बर १ बेल्जियमकी किम क्लिस्टर्सले पनि बच्चालाई जन्म दिनका लागि खेलबाट ब्रेक लिएकी थिइन् । उनले सन् २००९ मा कोर्टमा फिर्ता भएपछि थुप्रै उपाधि जितिन् । उनी ‘सुपर मम’ को नामले चर्चित भइन् ।