कालिकोटे मतदाताको पूर्ण साथ पाएको छु–शाही

युवादेखी वृद्धवृद्धा उत्साहित

1923
views

रिना खनाल
कालिकोट, २८ कार्तिक । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिँदै गएपछि समृद्ध कालिकोट बनाउने उद्घोषका साथ राजनीतिक दलहरुले चुनावीसभालाई तीव्रता दिएका छन् ।

काँग्रेसका युवा नेता एवंं कालिकोटका उम्मेदवार भुपेन्द्र जंग शाहीले जिल्लाको समग्र उन्नतिका लागि निर्वाचनमा होमिएको बताएका छन् । उनी आफूले जनताको साथ पाउने र विजयी हुने बताउँछन् ।

शाहीले एमालेलाई कम्युनिष्ट देख्ने माओवादीले हिजो एमालेका नेता तथा कार्यकर्ता का खुट्टा भाँच्दा, टाउका फुटाल्दा र घाँटी रेट्दा कम्युनिष्ट नदेख्ने आज एकता हुँदा वाम एकता हुने भन्दै कालिकोटमा एमाले र काँग्रेसको एकता हुनसक्ने बताएका छन् ।

उनले कालिकोटमा माओवादीसँग एकता नहुने दाबी गर्दै एमालेका मत काँग्रेसलाई नै आउने बताए । उनले काङ्ग्रेसका नेताको घर लुट्दा एमालेले आश्रय दिए र एमालेको घर लुटिदा काँग्रेसले आश्रय दिएको एउटै पीडा सम्झिदा एमाले र काँग्रेसको एकता नभए पनि मत एकै ठाउँ हुने दाबी गरे ।

उनले कालिकोटका सम्पूर्ण युवाहरुलाई विदेश नगइ कालिकोटमै केही गर्नुपर्ने धारणा व्यक्त गर्दै आफू जन्मे, हुर्केको माटोमा पौरख गरी पसिना बगाउन समेत चुनावी अभियानमा आउन समेत आग्रह गरे ।
शाहीले युवा वैदेशीक रोजगार रोक्न र कालिकोटलाई समृद्ध बनाउन आफुलाई निर्णायक तहमा पु¥याउन आग्रह समेत गरे ।

आफू राज्यसँगको प्रत्यक्ष सम्बन्ध र पहुँच भएकोले यो पटक आफूलाई भोट हालेर विजयी गराए समग्र जिल्लाको समृद्धि र समुन्नतिका लागि आफूले कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता पनि गरे ।

बिगत दुई बर्ष अघिदेखी ’सुन्दर कालिकोट, समृद्ध कालिकोट’ अभियान थालेका सकारात्मक सोचका धनी नेता शाहीले २०७० सालको निर्बाचनमा पराजित भएपनि हारेकै दिनदेखि नयाँ उर्जा र उत्साह बोकेर कालिकोट जिल्लाको समग्र बिकासमा समर्पित भएर लागेका थिए ।