कम्युनष्टिहरुको नेतृत्वविना मुलुक अगाडी बढ्नै सक्दैन–तामाङ

1080
views

नुवाकोेट, २८ कार्तिक । नुवाकोट निर्वाचन क्षेत्र नं १ का वाम गठबन्धनका उम्मेदवार एवं पूर्वमन्त्री हितबहादुर तामाङले कम्युनिस्टहरुको नेतृत्वबिना मुलुक अगाडि बढ्न नसक्ने दाबी गरेका छन् ।

मुलुकमा लामो समय सम्म नेपाली काँग्रेसले नेतृत्व लिएको दशकौँको समयमा पनी केहि नभएको र छोटो समय कम्युनिष्टहरुले मुलुकको नेतृत्व लिदाँ आमुल परिबर्तन भएको ईतिहाँस समाजमा रहेको बताउनु भयो ।

निर्बाचन प्रचार प्रसार अभियानको क्रममा निर्वाचन क्षेत्र नम्बर १ का बिभिन्न स्थानमा पुग्दा प्रतिनिधि सभा सदस्य पदका उम्मेद्धवार तामाङले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नुवाकोटमा बाम गठबन्धन बाहेकका उम्मेद्धवारलाई निर्बाचन जिताउन अपिल गर्नुभयो ।

उहाँले आम नागरिकहरु समेत सचेत भैसकेका कारण नेपाली काँग्रेसको जाल झेलमा नपर्ने र नुवाकोटमा बाम गठबन्धनले स्वतरुपमा निर्बाचन जित्ने बताउनु भयो ।

कांग्रेसले देशमा लामो समयसम्म नेतृत्व गरेर पनि कुनै परिवर्तन हुन नसकेको उहाँले बताउनु भयो । नेपाली कांग्रेसले मुलुकमा २६÷२७ वर्षको नेतृत्व लिँदा देशमा कुनै प्रगति हुन नसकेको भन्दै अब पनि कांग्रेसबाट विकास र समृद्धिको आशा गर्ने बेकार हुने उहाँको टिप्पणी रहेको छ ।

नेपालमा कम्युनिस्ट जनमत ६०÷७० प्रतिशत रहे पनि आपसमा विभाजनका कारण ३०÷३५ प्रतिशत जनमत भएको कांग्रेसले शासन गर्ने अवस्था आएको पूर्वमन्त्री तामाङले उल्लेख गर्नुभएको छ ।

नुवाकोटको प्रतिनिधि सभातर्फ क्षेत्र नं १ मा वाम गठबन्धनबाट हितबहादुर तामाङ प्रदेशसभातर्फ १ (क) मा माओवादी केन्द्रका नेतृ राधिका तामाङ र (ख) मा एमालेका बद्री मैनाली चुनावी मैदानमा रहनु भएको छ ।