सामसुङले बजारमा ल्यायो २ स्मार्टफोन

1421
views

काठमाडौं ।  सामसुङले ग्यालेक्सी एस ८ र एस ८ प्लस स्मार्टफोन बजारमा ल्याएको छ। बुधबारदेखि बुकिङ सुरु भएका यी स्मार्टफोन वैशाख २२ बाट किन्न सकिने कम्पनीले जनाएको छ । एप्पलले ल्याउने फोनसँग प्रतिस्पर्धा गर्ने गरी यो स्मार्टफोन सार्वजनिक गरिएको कम्पनीको भनाइ छ ।
बजारमा ग्यालेक्सी एस ८ को मूल्य ८८ हजार नौ सय रुपैयाँ तोेकिएको छ, भने ग्यालेक्सी एस ८ प्लसको मूल्य ९८ हजार नौ सय रुपैयाँ रहेको सामसङ नेपालका व्यापार प्रमुख प्रणयरत्न स्थापितले जानकारी दिए । ग्यालेक्सी एस ८ को स्क्रिन ५.८ को रहेको छ, भने ग्यालेक्सी एस ८ प्लसमा ६.२ इन्चको स्क्रिन रहेको कम्पनीले जनाएको छ । दुवै मोबाइलको ६ महिनाका लागि इन्स्योरेन्सको व्यवस्था गरिएको छ । मोबाइलमा आठ महिनाको लागि ८ जिबीको डाटा प्याकको पनि सुबिधा छ । प्रत्येक महिना १ जिबीको रुपमा आठ महिना सम्म ८ जिबी डाटा उपलब्ध गराउन लागेको कम्पनीले जनाएको छ । सामसुङको लोगोलाई फोनको फ्रन्टबाट हटाइएको छ । यसैगरी होम बटनलाई हटाएर एउटा आइकनलाई स्क्रिनमा लगाइएको छ । फोनका डिस्पेलेको १८ः५ः९ को अनुपातका कारण दुई एप ‘साइड बाइ साइड’ चलाउन र भिडियो हेर्न सकिन्छ ।
साथै च्याटिङको कुनै एपलाई पनि सँगसँगै चलाउन सकिन्छ । यी दुवै फोनका स्क्रीनको रिजलुसन पनि पहिलेजस्तै रहेको कम्पनीले जनाएको छ । सामसुङले ग्यालेक्सी एस ८ र एस ८ प्सलमा भिक्सभाय नामको एक नयाँ भर्चुअल असिस्टेन्ट प्रस्तुत गरेको छ । मोबाइलमा फ्रन्ट क्यामरा ८ मेगापिक्सल र पछाडिको क्यामरा १२ मेगापिक्सल रहेको छ । कम्पनीको दावी अनुसार यसले खिचेको फोटोको सार्पनेस र कन्ट्रास्ट आकर्षक रहेको विज्ञप्तिमा उल्लेख छ ।