तनहुँमा भूकम्प पीडितको अनुदान बितरण शुरु

740
views

नवदृिष्ट संवाददाता
तनहुँ, ७, बैशाख  । अघिल्लो बर्षको भूकम्पले क्षति भएका यहा“का २५ हजार घरधुरीलाई पहिलो चरणको अनुदान दिन थालिएको छ । केन्द्रीय तथ्यांक विभागले पाठएका इन्जिनियरले गरेको अध्ययनले अहिले सिफारिस गरेका २५ हजार ९० भूकम्पपिडितलाई पहिरो चरणको ५० हजार रुपैया“ बितरण शुरु भएको हो ।
प्राविधिकले ल्याएको तथ्यांकलाई अन्तिम रुप दिएपछि पुन निर्माण प्राधिकरणले अनुदान बितरणको काम थालेको केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक रुद्र सुवालले बताए । क्षति भएकाहरुलाई सरकारले बढीमा ३ लाख रुपैया“ सम्म अनुदान दिने कार्यक्रम छ । पहिलो चरणमा राष्ट्रिय पुन निर्माण प्राधिकरणले ५० हजार रुपैया“ अनुदान दिनेछ ।
जिल्ला लागत संकलन तथा व्यवस्थापन समितिले घरघरमै पुगेर क्षतिको विवरण संकलन गरेको हो । प्रजिअको अध्यक्षतामा रहेको समितिले ६८ जना ईन्जिनियर खटाएर तथ्यांंक निकालेको ईन्जिनियर बिमल भट्टराईले बताए । गत माघ १० देखि शुृरु भएको लागत संकलन अभियानमा सबै प्राविधिक घरघरमै पुगेका थिए । ‘पूर्ण क्षति भएका घरको विवरण धेरै ठाउ“मा छुटेको रहेछ’ उनले भने, ‘यस अघिका तथ्यांक फरक परेकोले प्राविधिकनै खटेका हौं ।’ समितिको तथ्यांकमा परेका पिडितले घर बनाउनका लागि जिल्ला समन्वय समिति मार्फत सम्झौता गरेर ५० हजार रुपैया“ लैजान पाउनेछन् ।
जिल्लातहबाट यस अघि पिडितलाई प्रारम्भिक राहत र अस्थायी छाप्रो निर्माणका लागि जस्ता पाता र केहीमात्रामा खाद्यान्न सहयोग भएको थियो । ‘केही व्यक्तिको परिवारका सबै जनाको नामबाट पिडित भन्ने आएको थियो, यो संख्याले वास्तविक पिडितको पहिचान भएको छ’ स्थानीय विकास अधिकारी बद्रीप्रसाद तिवारीले भने, ‘अब पिडितले घर बनाउने अवसर पाएका छन् ।’ नगरपालिका र जिल्ला प्राविधिक कार्यालयको सल्लाहमा पिडितले घर बनाउने योजना छ ।
पूर्ण क्षति भएकाहरुले अहिले सम्म राहत नपाएकोले घर बनाउन नसकेको गुनासो गर्दै आएका थिए । ‘पैसा नभएकोले भत्केको घर अलपत्रै छ, बनाउन नसक्दा छाप्रँेम्ँँ बस्न बाध्य छु’ क्यामिन १ कलेस्तीकी ५७ बर्षीया भक्तमाया विकले भनिन, ‘फेरी बर्षा लागिसक्यो, राहत पाएमा घर बनाउन शुरु गरिहाल्छु ।’ बर्षात अघि छानो राख्नपाए ढुक्क हुने उनले बताइन् । जिल्ला वन कार्यालयबाट उनीहरुलाई आवस्यक काठ उपलब्ध गराउने आश्वासन मिलेको छ । काम थालेमा तत्कालै स्थानीय सामुदायिक वनको सहकार्यमा काठ उपलब्ध गराउने व्यवस्था मिलाईदिने जिल्ला वन अधिकृत अम्बिका पौडेलले बताए । जिल्लाका झण्डै ३ सय पिडितहरुको अहिले सम्म बासै छैन । उनीहरु अहिले पनि छाप्रोमा बस्दै आएका छन् । केहीले छिमेकीको घरमा डेरा लिएर बसेका छन् ।