पश्चिम सेतीको जेभीए सम्झिौताको पाँचबर्षपछि

691
views

काठमाडौं, ३० कार्तिक । तोकिएको सम्झौता अवधिभन्दा झन्दै ५ वर्षपछि ७ सय ५ण् मेगावाटको पश्चिम सेती जलाशययुक्त जलविद्युत आयोजनाको शयुक्त विकास उपक्रम –जेभीए हुने भएको छ ।
२०६८ फागुनमा उर्जा मन्त्रालय र कर्पोरेसनबीच भएको सम्झौतामा ६ महिना भित्र अध्ययन सकेर एक वर्ष भित्र जेभीए गर्ने उल्लेख रहेकोमा बल्ल पुरा हुन लागेको हो ।
प्रवद्र्धक थ्री गर्जेजको सहायक कम्पनी सीडब्युई इन्भस्टमेन्ट कर्पोरेसन र लगानी बोर्ड्बिच १६ र १७ नोभेम्बर अर्थात ३० कात्तिक र १ मंसिरमा हुने छलफलपछि जेभीए हुने बोर्डले जनाएको छ । ‘‘कर्पोरेसनको टोली जेभीएका लागि १६ र १७ नोभेम्बरमा आउँदैछ , अब जेभीए हुदैँछ, ’’ लागानी बोर्डका महासचिब एंव प्रवक्ता उत्तक वाग्लेलले भने, दुई विषयमा केही स्पष्ट हुन बाँकी रहेकोमा छलफलबाट टुंग्याएर जेभीए हुन लागेको हो । उनका अनुसार कर्पोरेसनले पश्चिम सेती आयोजनाको अध्ययनको क्रममा कर्पोरेसनले गरेको खर्चको पुँजीकरण र विद्युत महशुलबारे केही अस्पष्ट रहेको भन्दै कर्पोरेसनले पत्र पठाएको छ । आजको कारोबार दैनिकबाट