‘प्रहरीबाटै गोप्य मतदान प्रक्रियामा असर’

599
views

काठमाडौं, १ मंसिर । गोप्य मतदान जनप्रतिनिधि चुनिने सवैधानिक र कानुनी व्यवस्था छ । मतदाता पनि आफैले मतदान गरेको मतपत्र सावैजनिक गरे सजायको भागिदार बन्नुपर्ने कानुनी व्यवस्था छ । आफुले गरेको मतदानको तस्विर बाहिर नल्याउन भनेरै मतदान केन्द्रमा मोबाइलसमेत निषेध गरिएको छ ।

गेप्य मतदान गर्न पाउने मतदाताको अधिकार सुरक्षित गराउनुपर्ने भूमिकामा रहने सुरक्षा निकायबाटै त्यसको उल्लंघन हुने गरेको छ । मतदान केनद्रमा खतिने प्रहरीले मतदाताले लगाएको स्वास्तिक छाप मजाले हेरिरहेका हुन्छन । स्थानीय तह निर्वाचनमा त्यस्ता दृश्य प्रशस्तै देखिए । मतदाताले स्वास्तिक छाप लगाउने गोप्य कक्षकै पछाडिपट्टी प्रहरी उभिएका हुन्थे ।

स्थानीय निर्वाचनको पर्यवेक्षण गरेको डेमोक्रेसि रिसोर्स सेन्टर नेपालले आफ्नो प्रतिवेदनमा धेरै स्थानमा गोप्य मतदानको अधिकारबाट मतदाता वञ्चित भएको देखिएको उल्लेख छ । सेन्टरका निर्देशक सुदिप पोखरेलले साँघुरा मतदान केन्द्रमा उक्त समस्या अझ बढी देखिएको बताए ।

एक त मतादन केन्द्र साँघुरो, त्यसमाथि बन्दुक बोकेको प्रहरीको ड्युटीस्थल नै मिलेको देखिएन, उनले भने कसले कसलाई मतदान गरेको हो । त्यहाँ उभीएको प्रहरीले सजीलै थाहा पाउने अवस्था थियो । बन्दुक बोकेका प्रहरीलाई कसैले प्रतिवाद गर्ने कुरा पनि भएन । आजको कान्तिपुर दैनिकबाट