धर्म भकारीमा अन्न

वालाचर्तुर्दशीको दिन आज शंकरपोखीमा अन्न संकलन

1434
views

महेन्द्र जिसी
पर्वत, १ मंसिर । जिल्लाको फलेवास नगरपालिका–३ शंकर पोखरीमा रहेको राधाकृष्ण मन्दिरमा वालाचर्दुदशीका दिन आज धर्मभकारी थापेर अन्न संकलन गरिएको छ ।

मन्दिर आउने भक्तजनहरुले ल्याएको अन्न धर्म भकारीमा जम्मा गरिएको हो । संकलित अन्न गाउँका गरीव विपन्न तथा गाउँमा जुठो सुत्केरो पर्दा सहयोग गरीँदै आएको छ भने विपदमा परेकाहरुलाई समेत वितरण गरिदै आएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टोप प्रसाद भुसालले जानकारी दिए ।

राधाकृष्ण मन्दिर सञ्चालन समितिका सचिव हरिप्रसाद तिवारीका अनुसार पर्वका अवसरमा स्थानीय टंक गौतमले सत्तल निर्माणको लागि ५० हजार, टिका कुमारी शर्माले ११ सय, नारायण पौडलले १० हजार रुपैयाँ सहित श्रदालु व्यवस्थापन गर्न आवश्यक सामाग्री हस्तानान्तरण गरिएको छ । धर्म भकारीमा १० मुरी धान र चामल संकलन भएको तिवारीले बताउनुभयो । वाला चतुदर्शीको अवसमार मन्दीरमा दिनभर भजन कृतनसहीत पुजाआजा गरीएको हो ।