सुनको भाउ ५५ हजार ६ सय

499
views

काठमाडौं, ७, वैशाख । –नेपाली वजारमा बिहीबार सुनको भाउ प्रतितोला ५५ हजार ६ सय रुपैयाँ रहेको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ आज प्रति तोला एक सय रुपैयाँ कम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला ५५ हजार ७ सय रुपैयाँ थियो । कही दिनदेखि सुनको भाउमा घटवढ भइरहेको महासंघले जनाएको छ । आज चाँदीको भाउ प्रति तोला ८ सय ५ रुपैयाँ रहेको छ ।