जापानी राजकुमारीद्वारा नेपालीको प्रशंसा

1447
views

जापान, ७ , वैशाख । – जापानी राजकुमारी हानाको हिताचीले नेपालीलाई जापानी नागरिकभन्दा बढी पौरखी र आस्थाका पहरेदार रहेको भन्दै सद्भाव व्यक्त गरेकी छिन् । नेपाल र नेपालीप्रति विशेष आस्था र ममता रहेको जनाउँदै जापानी राजपरिवारको छुट्टै भाव र स्नेह रहेको उनले जनाएकी हुन् ।
एसियाका उद्यमशील महिला सहकर्मी समाजले ४१ वर्षदेखि आयोजना गर्दै आएको एक दिवसीय च्यारिटी मेलामा प्रमुख अतिथिका रुपमा उपस्थित हुनुभएकी राजकुमारी हिताचीले कार्यवाहक राजदूत कृष्णचन्द्र अर्यालसंग नेपाल र नेपालीको शीर उच्च रहेको भन्दै प्रशंसा गरिन् ।

राजधानी टोकियो महानगरपालिकाको आकासाकास्थित इन्टरनेसनल होटलमा आयोजित एक मेलामा दौरा सुरुवाल र ढाका टोपी लगाएका नेपाली देखेर उनले नमस्ते अभिवादन गरिन् । २६ राष्ट्रका राजदूत र अधिकारीका बीचमा नेपालीप्रतिको विश्वास कुनै शब्दमा व्यक्त गर्न नसकिने उनले बताइन् । हिताचीले स्टलमा राखिएका नेपालीले बनाएका विभिन्न कलाका वस्तु, लत्ताकपडा, चिया तथा खानाको निरीक्षण गरिन् । नेपाली स्टलमा राखिएका सामग्री तथा विभिन्न वस्तुको अवलोकनपछि हस्तकलाका सामग्रीका कला र निर्मित वस्तुको अवस्थाबारे जानकारी गराइएको कार्यवाहक राजदूत अर्यालले बताए । सो अवसरमा नेपाली कार्यवाहक राजदूत अर्यालले राजकुमारीलाई मायाको चिनोस्वरुप चाँदीको करुवा प्रदान गरेका िथए ।
नेपाली स्टलमा राखिएका हस्तकलाका सामग्रीअन्तर्गत पस्मिनामा सजाइएका वस्तु र चाँदीका गहनामा राजकुमारी हिताची आकर्षित देखिइन् । मेलामा नेपाली सामग्रीको ५० हजारभन्दा बढीले अध्ययन अवलोकन गरेको बताइएको छ ।