स्पेसिन लिगः बार्सिलोना विजयी, रियाल मड्रिड बराबरीमा

648
views

काठमाडौं, ३ मंसिर  । स्पेसिन लिग फुटबलमा शीर्ष स्थानको बार्सिलोना विजयी हुँदा रियाल मड्रिड भने बराबरीमा रोकिएको छ ।

शनिबार राती भएको खेलमा बार्सिलोनाले लेगानेजलाई ३-० ले हराएको हो । खेलमा बार्सिलोनालाई विजयी गराउन लुईस सुवजारेजले दुई तथा पउलिन्होले एक गोल गरे ।

ला लिगाअन्तर्गत यो सिजनको पहिलो मड्रिड डर्बीमा रियाल मड्रिड बराबरीमा रोकिएको छ । एथ्लेटिको मड्रिडको मैदानमा सम्पन्न खेल गोलरहित बराबरीमा रोकिएको हो । यो बराबरीले दुवै मड्रिड टिमलाई शीर्ष स्थानको बार्सिलोनाभन्दा १० अंकपछि रहन बाध्य पारेको छ ।

तेस्रो स्थानको रियल मड्रिडको २४ अंक भएको छ भने चौथो स्थानमा रहेको एथ्लेटिको मड्रिडको पनि २४ अंक नै छ । बार्सिलोनाको भने ३४ अंक भएको छ ।