आवश्यक परे नेपाली सेना हतियार सहित परिचालन

769
views

काठमाण्डौ, ४ मंसिर । नेपाली सेनाले मुलुकभर भएका निर्वाचन विरोधी गतिविधिप्रति पूर्ण सचेत रहेको जनाउँदै आवश्यक परे सशक्त ढंगले अन्तिम शक्तिका रुपमा परिचालित हुने बताएको छ ।


आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन विथोल्ने अभिप्रायले मुलुकभर गहिराइका विस्फोटकका घटनाप्रति गम्भिर बनेको उसले जनाएको छ । उम्मेदवार र मतदाता लक्षित विस्फोटकका घटना घट्ना थालेपछि सेनाले पहिलो पटक धारणा सार्वजनिक गरेको हो । सेनाले उम्मेदवार र सर्वसाधारणलाई लक्षित गरी विस्फोट गर्नु निन्दनिय भएको बताएको छ । यद्यपी सेनाले विप्लव नेतृत्वको नेकपाको नाम नलिई विस्फोट गराउँनेहरुलाई ‘उच्छृंखल’ र निर्वाचन विरोधी तत्व भनी टिप्पणी गरेको छ ।
रक्षा मन्त्रालयले आइतबार शान्ति सेनासम्बन्धी जानकारी दिने उदेश्यले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले मुलुकभर भएका निर्वाचन विरोधी गतिविधि प्रति जंगी अड्डा पूर्ण सचेत रहेको जनाउँदै आवश्यक परे सशक्त ढंगले अन्तिम शक्तिका रुपमा परिचालित हुने बताए ।
सेनाले मतदाता र उम्मेदवारको सुरक्ष गर्ने जिम्मा नपाएको उल्लेख गदै क्षत्रीले भने, प्रहरी परिस्थिति नियन्त्रणमा लिन नसके सेना जान्छ । आवश्यक परे अत्याधुनिक (डेड्ली) हतियारसहित परिचालित हुन्छौं ।’ पहिले नेपाल प्रहरी त्यसपछि सशस्त्र प्रहरी बल परिचालित हुने जानकारी दिदै उनले स्थिति काबुमा आएन भने अत्याधुनिक हतियारसहित अन्तिम शक्तिका रुपा सेना परिचालन हुने बताए । आजको अन्नपूर्ण दैनिकबाट