मगर समुदायद्वारा ७ सय पाँच मिटर बाटो निमार्ण निर्माण

653
views

महेन्द्र जिसी
पर्वत,७, बैशाख । मोदी गाउँपालिका ४ लेस्पारका मगर समुदायले स्थानीय धार्मिक एवं पर्यटकिय क्षेत्र सहस्रधारा पुग्ने पैदल बाटो निर्माण गरेका छन् । वैदेशीक रोजगारीमा गएका क्याङ लेस्पार निवासी स्थानीयको आथिक सहयोग र स्थानीयको श्रमदानमा ७ सय ५ मिटर पैदल मार्ग निर्माण गरीएको हो । युके, हङकङ, साउदी, भारत लगायत बिभिन्न मुलुकमा कार्यरत युवाहरुको आर्थिक सहयोग र स्थानीय युवा तथा आमा समुहहरुको श्रमदान समेत गरि ४५ लाख ५५ हजार ६सय ६ रुपैयाँको लागतमा बाटो निर्माण गरीएको हो । स्थानीय युवाहरुले दुईलाख ६१ हजार तथा आमा समुहले एकलाख ९९ हजार ४ सय ४२ रुपैयाँ बराबरको श्रम दान गरको पुनले जनाउनु भयो । युके हङकङ ,जापान दुवई कतार तथा गाउँ छाडेर बजार झरेकाहरुको समेत आर्थिक सहयोगमा धार्मीक स्थल पुग्ने मार्ग निर्माण गरीएको स्थानीय राम बहादुर पुनले जानकारी दिनुभयो ।
पहाडी पत्थर र विषेश गरी भिरालो जमीन भएका कारण दर्शनार्थी जान असहज हुँदै आएको सहस्रधारमा बाटोमा आवतजावत गर्न सहजताका लागि उक्त बाटो निर्माण गरिएको समितिले जनाएको हो । बाटो निर्माण उपभोक्ता अध्यक्ष नरसिँह पुनका अनुसार विषेश गरी जनै पुर्णिमा र अन्य विभिन्न पुर्णिमामा पुजा आजा हुने मन्दीर पुग्न समस्या भएपछि स्थानीयको सक्रियतामा पैदल मार्ग निर्माण गरिएको हो । लेस्पार र क्याङको बिभिन्न भिरपहरा काटेर स्थानीयस्तरमा पाइने ढुङ्गाको आकर्षक सिंढी निर्माण गरेका स्थानीयले नयाँ वर्षको अवसरमा उद्घाटन गरेका थिए ।