पूर्व राज्यमन्त्री चम्पादेवीको घरमा बम विष्फोट

420
views

बागलुङ । सहकारी एवं गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको बागलुङ बजारस्थित घरमा बम विस्फोट भएको छ । बागलुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा उम्मेदवारसमेत रहेकी खड्काको बागलुङ नगरपालिका—२ लालीगुराँस चोक स्थित निवासमा गएराति बम विस्फोट भएको हो ।


विस्फोटबाट घरको भुँइतलाको पर्खाल भत्किए पनि कुनै मानवीय क्षति भने भएको छैन । निर्वाचनको संघरमा गरिएको बम विष्फोटन विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गराएको हुनसक्ने आशंका गरिएको छ ।
यद्यपी यसको पुष्टी भने भएको छैन । बम बिष्फोटका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक चन्द्रकुवेर खापुङले जानकारी दिए ।
बागलुङ जिल्लामा निर्वाचनलाई लक्षित गरी अहिलेसम्म दुईवटा बम विस्फोट भए भने एउटा बम नपड्केको अवस्थामा फेला परेको थियो ।