विश्वकप टी–२० महिला छनोटः नेपाल र हङकङ भिड्दै

469
views

काठमाडौं, ५, मंसिर । ट्वेन्टी–ट्वेन्टी महिला विश्वकप क्रिकेट छनोटको दोस्रो खेलमा आज नेपाल र हङकङ भिड्दै छन् । पहिलो खेलमा आयोजक थाईल्याण्डसँग नेपाली महिलाले अंक बाँड्न बाध्य बने ।

छनौटका लागि नेपाली महिला आज जितको खोजीमा हुनेछन् । खेल थाइल्याण्डको बैंककमा जारी छ । प्रतियोगिताको पहिलो खेल सोमबार वर्षाले रद्द भएको थियो ।

खेलमा पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९० रन बनाउन सफल भएको छ । खेलमा सरिता मगरले ११ रन खर्चेर २ तथा रुबिना क्षेत्री र करुणा भण्डारीले १ र १ विकेट लिएका थिए ।

दुई खेलाडी रन आउट भए । जवाफमा नेपालले ३ ओभर ४ बल खेल्दा कुनै विकेटको क्षति बिना १० रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रद्द भएको थियो ।

सोमबारकै अन्य खेलमा हङकङ र युएई विजयी भएका छन् । हङकङले मलेसियालाई ३५ रनले हराउँदा युएईले चीनलाई १६ रनले पराजित ग¥यो । एसियाको पूर्वी क्षेत्रबाट ६ टोलीले राउड रबिन लिगका आधारमा विश्वकप छनोट खेलिरहेका हुन् ।