गजल

914
views
सीता प्याकुरेल

थमाईदिँए हातमा सलाई, मजा लिनुहाेस्

अाउनुस् मेरो घर जलाई, मजा लिनुहाेस्

 

छुँदा घाेच्छ काँडाले , दुखाउन सक्छ

टाढैबाट हेर्नुस् फूललाई, मजा लिनुहाेस्

 

बर्षाैंदेखि बल्झिँदै पाक्दैछ याे मनकाे घाउ

नुन छर्नुस् चलाई चलाई, मजा लिनुहाेस्

 

कालाेलाई सेताे भन्नुस् हजुरकै छ राज

म अन्धाे हुँ मलाई छलाई, मजा लिनुहाेस्

 

म गजल बनिदिँए कसैकाे यादमा

गुन्गुनाउनु हाेस् मलाई, मजा लिनुहाेस्

इमेल : [email protected]