सबै राजनीतिक दलहरु मिलेर निर्वाचन सफल पार्न चीनको शुभेच्छा

774
views

काठमाण्डौ । ‘नेपालका सबै राजनीतिक दलहरूले मिलेर आसन्न निर्वाचन सफल तुल्याउन चीनले अपपेक्षा गरेको छ । नेपालमा हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनप्रति शुभेच्छा प्रकट गरेको गरेको हो ।

मंगलबार बेइजिङमा पत्रकार सम्मेलनको आयोजना गरी चिनियाँ परराष्ट्र प्रवक्ता लु खाङले असल छिमेकीको हैसियतले नेपालको निर्वाचन सफलतापूर्वक सम्पन्न हुने विश्वास प्रकट गरे ।

लु ले ‘आर्थिक विकासको नयाँ यात्रा तथा राजनीतिक स्थिरताको लक्ष हासिल गर्न नेपालका दलहरूले मिलेर निर्वाचन सफल पार्नेमा आफ्नो विश्वास रहेको पनि जनाएको छ । नेपालमा निर्वाचन नजीक आइसक्दा उम्मेदवारहरूमाथि भैरहेका आक्रमणलाई चीनले पनि नियालिरहेको परराष्ट्र प्रवक्ता लुको भनाइ थियो ।