मतदाता रिझाउन ‘लोकप्रिय’ कार्यक्रम

720
views

महोत्तरी, ८ मंसिर । राष्ट्रिय जनता पार्टीले कार्यकारी प्रधानमन्त्री र आलंकारिक राष्ट्रपतिको वकालत गदै आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचाको घोषणा पत्र सार्वजनिक गरेको छ ।

प्हिचान, सम्मान, स्थान र स्वभिमान प्राप्तिका लागि निर्वाचनरुपि लडाइमा आममतदानको मत पाउनु भन्दा ठुलो हतियार नहुने उद्घोषसाथ राजपाले ५८ पृष्ठ लामो घोषणापत्र सार्वजनिक गरेको छ महोत्तरीको जलेश्वरमा बिहिबार सार्वजनिक घोषणापत्रमा उसले सार्थक सविधान, समावेशी राज्य, समतामूलक समाज, सार्वभौमसत्तासम्पन्न नागरिक भन्ने विषयमा जोड दिएको छ ।

राजपाले मधेश आन्दोलनका सहिद परिवारलाई ५० लाख रुपैयाँ दिने देखि विवाहयोग्य महिलालाई आधा तोला सुनको मंगलसुत्र दिने जस्ता लोकप्रिय योजना पनि सार्वजनिक गरेको छ । सात महिना नाकाबन्दीको बेला करिब पाँच दर्जन मधेशी नागरिक सहिद भएका थिए भने मधेसी दलको त्यतिबेला सहिद परिवारलाई ५० लाख दिने घोषणा गरेको थियो ।

उनीहरुलाई प्रदेश २को प्रदेश सकार गठन भएपछि उक्त रकम दिइने राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले उल्लेख गरे । आजको अन्नपूर्ण दैनिकबाट