आचारसंहिता विपरीत नौ अर्ब जिल्ला पठाईदै

572
views

काठमाण्डौ, ८ मंसिर । सरकारले बाढीपीडित र सिँचाई संरचना पुननिर्माणका लागि विभिन्न जिल्लामा नौ अर्ब रुपैयाँ पठाउन गृहकार्य थालेको छ ।

दुवै निर्वाचनको पूर्वसन्ध्यामा सरकारले ३७ भन्दा बढी जिल्लामा नौ अर्ब रुपैयाँ पठाउन गृहकार्य ठालेको हो । सरकारले दुई साता अघि बाढीपीडित क्षेत्रको पुननिर्माणका लागि १७ अर्बको महत्वकांक्षी प्याकेज कार्यक्रम घोषणा गर्न निर्णय गरेको थियो ।

सिँचाइ मन्त्रालयले जिल्लामा पहिलो चरणमा नौ अर्ब रुपैयाँ पठाउने गृहकार्यलाई तीक्ता दिएको छ । यो रकम उपभोक्ता समितिमार्फत खर्च गर्ने गरी मन्त्रालयले कार्ययोजना बनाएको छ । स्रोतका अनुसार सत्तारुढक दलनिकट व्यक्तिको सहभागितामा उपभोक्ता समिति बनाएर सोही समितिमार्फत नै अर्बौ रुपैयाँ पठाउने र आफुनिकटका ब्याक्तिलाई उपभोक्त समितिमा राखेर मन्त्रीले भोट बैंक सुरक्षित बनाउन खोजेको विपक्षिको आरोप छ ।

तर, सिँचाईमन्त्री सञ्जयकुमार गौतमले भने बाढीपीडितका लागि राहत र सिँचाई संरचना पुननिर्माण नियमित कार्य भएकाले बाढीले क्षति भएका जिल्लामा रकम पठाउन लागिएको दावी गरे । आजको अन्नपूर्ण दैनिकबाट