अर्बौको उखु खेतमा सड्दै

592
views

सर्लाही, ८ मंसिर । हरेक वर्ष मंसिर मध्येन्तरबाट उखु मिल चल्थे । यसपाली त्यसको कुनै सुरसार छैन । त्यसअघि किसान सँग खरिद गरिने मुल्य तोक्ने प्रक्रियामा कोहि लागेको छैन । कारण हो स्वय उखु उत्पादकका नेताहरु चुनावमा होमिनु ।
उखु उत्पादक महासंघ र मिलगेट उखु उत्पादक समितिका नेता दुई दलबाट एउटै प्रदेशसभामा प्रतिस्पर्धा गरिरहेका छन । उखु नेताहरुको गुलियो भिडन्त अबौं आर्जन गर्ने आसमा रहेका किसानका लागि भने तितो बनिरहेको छ ।
उखुको मूल्य तोक्न बर्से्नि ठुलै संघर्षंमा उत्रिनुपर्छ । प्रदेशसभामा उम्मेदवार बनेका दुवै व्याक्ति किसानका त्यस्ता नेता थिए जसले दरो बार्ता गरेर केही चित्त बुभ्दो भाउ दिलाईदिन्थे । उखु किसान, चिनी उद्योग र सरकारका प्रतिनिधिबीच हुने मूल्य निर्धारणको बार्तामा तिनै दुई नेताको अग्रसरता हुन्थ्यो । मूल्य तोक्ने किसान प्रतिनिधि नै चुनावमा व्यास्त छन सर्लाही बसबरीया ५ धनगढाका किसान लक्ष्मण रायले भने, उद्योग सञ्चालन हुने चालचुल नहुँदा तेस्रो बाली लगाउन नसक्ने अवीथा आएको छ । आजको कान्तिपुर दैनिकबाट