कांग्रेस पुरुष कार्यकर्ताले माओवादी महिलामाथि कुटपिट

572
views

रुकुम । रुकुममा पछिल्लो समयमाा आक्रममणका घट्नाहरुमा वृद्धि भएको छ । नेपाली कांग्रेस रुकुमका कार्यकर्ताहरुले सानीभेरी गाउँपालिकामा एक महिलालाई गम्भीर घाइते हुनेगरी कुटपिट गरेपछि उक्त घटनाले खलङ्गामा तनाव भएको छ । कल्पना बुढालाई तरुणदलका कार्यकर्ताले कुटपिट गरेका छन् ।

कल्पनाका बुढालाई आक्रमण गर्न गएका उनिहरुले कुलबहाुरलाई नभेटेपछि बुढी माविथ नै धमाधम कुटपिट गरेका हुन् ।गम्भीर घाइते सानीभेरी गाउँपालिका ७ की कल्पना बुढाको टाउको देब्रे आँखा र शरिमा गम्भिर चोट लागेको सानोभेरीगाउँपालिकाका अध्यक्ष नर बहादुर पुनले जानकारी दिएका छन् ।

बिहीबार सदरमुकाम खलंगामा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सहभागीतामा आयोजित चुनावी सभाबाट घर फर्कदै गरेका कांग्रेस भातृ संगठन तरुण दलका कार्यकर्ताले घरमै बसेकी बुढामाथि कुटपिट गरेको सानीभेरी गाँउपालिका पुनले बताए ।

कुटपिटबाट गम्भीर घाइते भएकी कल्पनालाई चौरजहारी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । गम्भीर घाइते कल्पना अहिलेसम्म पनि बेहोस रहेको श्रीमान कुलबहादुरले बताए । यसैबीच कुटपीट गर्नेहरुलाई हिजो राती नै प्रहरीले नियन्त्रणमा लिएको छ ।

कुटपिटमा संलग्न भएका चार जनालाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक ऋषि ढुंगानाले जानकारी दिए ।

नेपाली कांग्रेस रुकुमले भने आफ्नो चुनावी प्रचारप्रसारको गाडिलाई माओवादीले अवरोध गर्न खाजेपछि झडप भएको र झडपमा बुढा घाइते भएको प्रतिक्रिया दिएको छ ।