नेपाली ढिडो बनाउन सिके आर्दशका विद्यार्थीले

746
views

महेन्द्र जिसी
पर्वत । आदर्श अङग्रेजी आवासिय मावि कुश्मा पर्वतले आइ.एस.ए. प्रोजेक्ट नं. २ अन्तर्गत स्थानीय खाना र यसको महत्व भन्ने अभिप्रायका साथ फुड फेस्टीबल गरेको छ । विद्यालयले प्रोजेक्ट नं.३ स्थानीय सामाग्रीको पूनःप्रयोग विषयमा सामुहिक कार्यक्रम गरेको हो । कक्षा सातको व्यवसायिक तथा प्राविधिक शिक्षाको पाठ्यक्रममा राखिएको परियोजनामा विद्यार्थीहरुले आफ्ना समूदायमा खाइने खानाको परिकारको बारेमा जान्ने अवसर पाएका हुन ।

विद्यार्थीहरुले आफ्नो समुदायमा के कस्ता खानाहरु पाइन्छन् र यो कसरी तयार गर्न सकिन्छ भन्ने खालको ज्ञान समेत प्रत्यक्ष रुपमा सहभागी भएर सिक्न पाएको बताए ।

विद्यालयका आर्र्ईएसए संयोजक कमल थापा भन्छन् ‘विद्यार्थी रहेबसेको समुदाय, जातजातिका व्यक्ति विभिन्न खानाहरुको बारेमा सिकाईएको छ ।’ नेपाली (खिर), नेवारी अचार, थकाली ढिडो र गुन्द्रुकको अचार लगायतका परिकारहरु विद्यार्थीले तयार गरेका थिए ।

परियोजना तीन अन्तर्गत विद्यार्थीहरुले वोतलहरुबाट निर्मित सामाग्री प्रयोग गरे भने पुराना पत्रपत्रिकाबाट विभिन्न खेर गएका बोतलहरु, पूराना पत्रपत्रिका, प्लाष्टिकहरुलाई प्रयोग गरी आवश्यक पेन्सिल व्याग, मैनबत्ती स्टन, विभिन्न फुलहरु तथा घरमा सजावटका सामाग्रीहरु तयार गरेर देखाएका थिए ।

विद्यालयका प्रिन्सिपल हिम बहादुर पौडेल क्षेत्रीले विद्यार्थीहरुमा भएको प्राविधिक ज्ञान र सिपको विकास गर्दै ती कुराहरुलाई व्यवहारमा ल्याउन यस्तो अभ्यास गराइएको प्रष्ट्याए ।