रुकुमको बाँफिकोटको मतपेटिकामा आगलागी

398
views

रुकुम १० मंसिर । पश्चिम रुकुमको बाँफिकोटको एउटा मतदान केन्द्रमा मतपेटिमा आगलागी भएको छ । बाँफिकोट गाउँपालिका– ५ रत्न आधारभुत विद्यालय ‘क’ केन्द्रको प्रतिनिधि सभा सदस्यको मत पेटिकामा आगो लागेको हो ।
मतपेटिकामा एसिड हालेको आशंका गरिएको छ । मतदान अधिकृत नन्दलाल महतोका अनुसार उक्त पेटिकामा २५० भन्दा बढी मत खसेको थियो । अहिले मतदान कार्य स्थगित गरिएको छ ।