एमाले म्याग्दीमा उमेदवार छनौटमा सकस

314
views

ठाकुर आचार्य
बैशाख, ७ म्याग्दी । नेकपा एमाले बेनी नगर संगठन कमिटीको दुइदिनसम्म बसेको भेलाले मेयरमा तिन जना आकांक्षीको नाम सिफारिस गरेको छ । उम्मेदवार छनौट गर्न मंगवार र बुधवार वसेको वैठकले प्रमोद श्रेष्ठ,राजकुमार थापा र सुरत केसीलाई सिफारिस गरेको छ । उम्मेदवारका आकांक्षीहरु धेरै भएकाले एमालेलाई तिन जना आकांक्षीहरुको नाम छनौट गर्न सकस परेको हो । भेलामा उम्मेदवार बन्ने १० जना नेताहरुले आकांक्षी देखाएका थिए ।
को को हुन १० आकांक्षीहरु ?
प्रमोद श्रेष्ठ,राजकुमार थापा,सन्तोष रावल,सुरत केसी,कृष्ण कुमार विश्वकर्मा,देववहादुर घले, किरण सापकोटा, नारायण जिसी,जिवन वहादुर विश्वकर्मा र गोविन्द वानियाँ रहेका थिए ।