टि–ट्वान्टी विश्वकप छनोटमा नेपालले चीनलाई ५० रनले हरायो

838
views

काठमाडौं, १०, मंसिर । आईसीसी महिला ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले चीनलाई ५० रनले पराजित गरेको छ ।
१ सय ३ रनको लक्ष्य पछ्याएको चीनलाई १८ ओभर २ बलमा ५२ रनमै अलआउट गर्दै नेपाल विजयी भएको हो । नेपालको जितमा कप्तान रुबिना क्षेत्री र सबनम राईले समान ३–३ तथा सरिता राना मगरले २ र करुणा भण्डारीले एक विकेट लिए ।

थाइल्याण्डको बैंककमा पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय २ रन बनाएको थियो । चीनका लागि हान लीले १५ र सी जोऊले १० रन जोड्नुबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।