दुर्गमका मतपेटिका हेलिकप्टरबाट सदरमुकाम ल्याइयो

647
views

धादिङ ११ गते । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन २०७४ अन्तर्गत धादिङका उत्तरी क्षेत्रहरूका मतपेटिकाहरु हेलिकप्टरमा राखेरसदरमुकाम ल्याइएको छ ।

नेपाली सेनाको हेलिकप्टरको प्रयोग गरी उत्तरी धादिङको रुवीभ्याली गाउँपालिकाका अधिकांश मतदान केन्द्रहरूबाट हेलिकप्टरमा मतपेटिएका ल्याइएको हो ।

सोमबार दिनभर ४ फ्लाइट गरेर सडक सञ्जालले छुन नसकेको रुवीभ्याली गाउँपालिका र गंगाजमुना गाउँपालिकाबाट मतपेटिका सदरमुकाम ल्याइने प्रमुख जिल्ला अधिकारी श्याम प्रसाद भण्डारीको भनाई थियो ।

मुख्य निर्वाचन अधिकृत उमेश कोइरालाका अनुसार रुवीभ्याली गाउँपालिका र गंगाजमुना गाउँपालिका अन्तरगत पर्ने १७ वटा मतदान केन्द्रका ५१ वटा मतपेटिका हेलिकप्टरबाट ल्याइँदै छ।

दुईवटा निर्वाचन क्षेत्र रहेको धादिङमा १ नम्बर निर्वाचन क्षेत्रबाट राति ३ बजेसम्म लगाएर मतपेटिका सदरमुकाम ल्याइएको थियो । २१ गतेबाट मात्रै मतगणना हुने भएकाले मतपेटिकालाई कडा सुरक्षाकाबीच राखिने प्रमुख जिल्ला अधिकारी भण्डारीले जानकारी दिए ।

‘राजनीतिक दलका प्रतिनिधि बस्न चाहेको खण्डमा उनीहरूलाई पनि राखिन्छ, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको तीन घेरा सुरक्षाकाबीच मतपेटिकालाई सुरक्षा दिइने छ ।’