एसेस टेष्ट श्रृंखलाको पहिलो खेलमा अष्ट्रेलियाको जित

439
views

मंसिर ११ गते । अष्ट्रेलिया र इग्लण्डबिचको चर्चित एसेस टेष्ट श्रृंखलाको पहिलो खेल अष्ट्रेलियाले जितेको छ ।
अष्ट्रेलियाको ब्रिसबेनमा सोमबार बिहान सम्पन्न खेलमा पाहुना टोली इंग्लण्डलाई १० विकेटले हराउदै अष्ट्रेलियाले श्रृंखलामा सुरुवाती अग्रता लिएको हो ।

जितको लागि अन्तिम तथा पाँचौ दिन ५६ रन मात्रै आवश्यक रहेको अष्ट्रेलियाले विना कुनै विकेटको नोक्सानीमा उक्त लक्ष्य पार ग¥यो ।

खेलको पहिलो ईनिङमा ३ सय २ रन जोडेको इंग्लण्ड दोस्रो ईनिङमा १ सय ९५ रनमै समेटिएपछि घरेलु टोलीले जितको लागि १ सय ६९ रनको सामान्य लक्ष्य पाएको थियो ।

उक्त लक्ष्य पार गर्नेक्रममा अष्ट्रेलियाका सुरुवाती ब्याट्सम्यानहरु डेभिड वार्नरले अविजित ८७ रन तथा क्यामरुन ब्याङ्क्रफ्टले अविजित ८२ रन जोडे ।