अशुद्ध पानी बेच्नेको कारोबार रोकिने

820
views

काठमाण्डौ । सरकारले अशुद्ध पानी बेच्ने उद्योगको कारोबार बन्द गर्ने भएको छ । पिउने पानी र उत्पादन गर्न उद्योगमै गुणस्तरको समस्या फेला परेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्दे्शिका २०७४’ जारी गरेको छ । उपभोक्ताको स्वास्थ्य तथा सुविधा कायम राख्न स्वच्छ र गुणस्तरीय प्रशोधित पिउने पानीको उत्पादन र विक्रि वितरण कार्यलयलाई सुव्यावस्थि तगर्न निर्दे्शिका जारी गरेको जनाएको छ ।
‘अनुगमनका क्रममा पानी उत्पादन गर्ने उद्योगमै समस्या देखिएको छ ’ विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले भने, ‘गुणस्तर सुनिश्चित गर्न असल उत्पादन अभ्यास (जीएमपी) मापदण्ड लागु गदै छौं । मापदण्ड कार्यान्वयन नगर्ने उद्योगको कारोबार रोक्का हुन्छ ।’ विभागका अनुसार मुलुकभर करिब ४ सय पानी उद्योग दर्ता छन । कतिपय उद्योगहरुमा दर्ता विनै सञ्चालित छन । यी उद्येगलाई मापदण्डको दायरामा ल्याउन निदैशिका मन्त्रीस्तरबार स्विकृत भैसकेोको छ । सोहिअनुसार विभागले ६ महिनाको समय अवधि दिएर सार्वजनिक सुचना प्रकाशित गरेको छ । विभागले विभिन्न क्षेत्रमा पानी उद्योगीसँग अन्र्तरक्रिया पनि गरेको थियो । आजको कान्तिपुर दैनिकबाट