प्राधिकरणका तीन आयोजना एकद्धार प्रणाली मार्फत कार्यान्वय गर्ने

598
views

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले राष्ट्रिय गौरवका विभिन्न तीन आयोजना एकद्धार प्रणाली मार्फत कार्यान्वयन गर्ने भएको छ । प्राधिकरणले गौत्तम बुद्ध विमानस्थल सदृढीकरण, पोखरा क्षेत्रिय अन्तर्रा्ष्ट्रिय विमानस्थल र निजगढ दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल आयोजना एकद्धार प्रणालीमार्फत कार्यान्वयन गर्ने भएको छ ।
तीनवटै आयोजनाको काम योजनाअनुसार अगाडि नबढेपछि प्राधिकरणले एकद्धार प्रणालीमार्फत कार्यान्वयन गर्ने निर्णय गरेको छ । प्राधिकरणका महानिर्देशक सञ्जीव गौत्तमले तीन आयोजनाको काम द्रुत गतिमा अगाडि बढाउन एउटा अलग्गै संयन्त्र विकास गरिने जानकारी दिए । उनले गौत्तम बुद्ध विमानस्थल सुुदृढीकारण आयोजना तोकिएकै समयमा सम्पन्न गर्न संयन्त्रमार्फत कामलाई तिव्रता दिइने बताए । आयोजनामा चिनियाँ ठेकेदार कम्पनी नर्थ इस्ट सिभिल एभिएसनसँगको सम्झौतको अवधि सकिन ६ महिना बाकी छ । तर, हालसँम्म आयोजनाको भौतिक तथा वित्तिय प्रगति ४० प्रतिशत पनि नाघेको छैन । राष्ट्रिय गौरवका तीनवटै आयोजनाको काम सुस्त हुँदा प्राधिकरणले गत आर्थिक वर्ष ३० अर्ब ८२ करोड ९४ लाख बजेटमध्ये जम्मा ४ अर्ब ३८ करोड ४० लाख रुपैयाँ मात्र खर्च गरेको थियो । आजको कारोबार दैनिकबाट