एक अर्ब १५ खर्ब बेरुजु

595
views

काठमाडौं । सरकार बेरुजु रकम नियन्त्रणमा असफल देखिएको छ । हरेक वर्ष बेरुजु रकम बढ्दै गएको छ । कात्तिकसम्म राज्यकोषमा एक खर्ब १५ अर्ब १० करोड रुपैयाँ बेरुजु देखिएको छ ।
अर्थ मन्त्रालयले बेरुजु फस्र्यौट दर निकै सुस्त देखिएको जनाएको छ । खर्च भएको, तर नियमसंगत नभई हिसाब देखाउन नसकेको रकमलाई बेरुजु भनिन्छ । बेरुजु रकमको आकार बढ्दै जानुलाई राज्यकोषमा आर्थिक दुरुपयोग बढिरहेको मानिन्छ । अर्थ मन्त्रालयका अनुसार अहिलेसम्म १२.९ प्रतिशत मात्र बेरुजु फस्र्योट भएको छ ।
अर्थ मन्त्रालयकै नाममा ३१ अर्ब ७० करोड १४ लाख बेरुजु छ । अर्थले सो रकम खर्चको आधार देखाउन सकेको छैन । उसले अहिलेसम्म २७५ मात्र बेरुजु फस्र्योट गरेको छ । शिक्षा मन्त्रालयको नाममा ११ अर्ब ७ करोड ३६ लाख बेरुजु छ ।
भौतिक पूर्वाधार मन्त्रालयको २२ अर्ब २० करोड ५३ लाख बेरुजु छ । मन्त्रालयले कात्तिक मसान्तसम्म जम्मा ३.७७५ बेरुजु फस्र्योट गरेको छ । स्थानीय विकास, खानेपानी तथा सरसफाइ र सिँचाइ मन्त्रालयको बेरुजु फस्र्योटमा शून्य प्रतिशत प्रगति छ । स्थानीय विकासले खर्च गरेको १४ अर्ब ४ करोड ५७ लाखको हिसाब देखाउन सकेको छैन । आजको नयाँपत्रिका दैनिकबाट