चुनाव जित्ने रणनीतिमा एमाले रिझाउदै काँग्रेस–माओवादी

637
views

झपा । कांग्रेस उम्मेदवार विश्वप्रकाश शर्मा र माओवादी केन्द्र उम्मेदवार सुरेन्द्रकुमार कार्कीको वैचारिक दर्शन छेउटुप्पो मिल्दैन तर चुनाव जित्ने रणनीति एउटै छ – एकाले समर्थकलाई पटक्कै नचिढ्याउने मेचीनगरको लीलाबस्तिमा सोमबार बिहान घरदैलो गदै वाम गठबन्धनका साझा उम्मेदवार कार्कीले एमाले नौमहिने सरकारको गाथा गाउँदै भने, ‘मनमोहन अधिकारीले सुरु गर्नुभएको वृद्धभत्तालाई ५ हजार रुपैया पुर्याउछौ एमाले र माओवादी सरकारले हिजाृेुका दिनमा गरेको उपलब्धिलाई अझै बल दिन्छौ ।’
सोमबार दिउँसो काँकडभिट्टाको खानेपानी कार्यालय भवनमा कांगेसका उम्मेदवार शर्माले भने , आदरनिय मनमोहनले आफ्नो गाँउ आफै बनाओ भन्नुभयोे त्यो भनेको आफ्नो क्षेत्र आफै बनाओ पनि भनेको हो । हामी बनाएर देखाउँछौं ।
यसअघि ७० को चुनावमा झापा १ एमालेका रविन कोइरालाले जिते पनि वामगठबन्धन बनेपछि यो क्षेत्र माओवादी केन्द्रको पोल्टामा पर्न गयो ।माओवादी युद्धकालद्खि पूर्वमा राजनितिक आधार बनाउदै आएका काकीलाई माओवादीे अघि सार्यो । आजको अन्नपूर्ण दैनिकबाट