कांग्रेस नेता सिटौला तर्साउन मध्यराती बम विष्फोट

757
views

झापा, भद्रपुर, १२ । नेपाली कांग्रेसका नेता तथा झापा क्षेत्र नम्बर ३ का उम्मेदवार कृष्णप्रसाद सिटौलाको घरमा अज्ञात समूहले बम विस्फोट गराएको छ । उक्त विष्फोटको छानविन कडाईका साथ गरिएको छ ।
झापाको भद्रपुर नगरपालिका वडा नं. १० चन्द्रगढीमा रहेको सिटौलाको घरमा मध्य राती सुतली बम विष्फोट भएको प्रहरीले जनाएको छ । बम बिष्फोटबाट सिटौलाको घरको पछाडिपट्टी सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

क्षति र्पुयाउन नभई तर्साउन मात्र बम विस्फोट गराइएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । घटनाको विषयमा थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।