कांग्रेस नेता पौडेलको घरमा बम विष्फोट

293
views

तनहुँ, १६ मंसिर । प्रदेशसभा सदस्यका उम्मेदवार समेत रहेका कांग्रेस युवा नेता प्रदीप पौडेलको तनहुँ, गणपतेस्थित घरमा बम विष्फोट भएको छ ।
शनिबार बिहान करिब पौने पाँच बजेतिर बम विष्फोट प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पौडेलको घरको आँगनमा बम विष्फोट भएको र घरका सबै सदस्य सकुशल रहेका छन् । घरमा भने सामान्य क्षति भएको बताइएको छ ।
बम विष्फोट गराउने समूहको पहिचान भएको छैन। प्रहरीले विष्फोट गराउनेको खोजी भइरहेको र घटनाको अनुसन्धान जारी रहेको जनाएको छ । पौडेल तनहुँ क्षेत्र नम्बर २ (क) का उम्मेदवार समेत हुन् ।