पर्यटन क्षेत्रबाट दैनिक १६ करोड आम्दानी

1019
views

काठमाण्डौ, १६ मंसिर । नेपाल भ्रमणमा आउने पर्यटकबाट दैनिक करिब १५ करोड ५० लाख रुपैयाँ आम्दानी हुने गरेको पाइएको छ । चालू आर्थिक वर्षको तीन महिनामा पर्यटकबाट नेपाल भित्रिएको कुल रकमको दैनिक अनुपातका हिसाबले सो बराबरको आम्दानी देखिएको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको तीन महिनाको तथ्यांक अनुसार यसबीचमा पर्यटकबाट १४ अर्ब ८५ करोड ७१ लख रुपैयाँ आम्दानी भएको छ ।
चालू आर्थिक वर्षको समीक्षा अवधिमा नेपालले पर्यटन क्षेत्रबाट गरेको आम्दानी गत आवको सोहि अवधिको तुलनामा भने २७.४ प्रतिशतले बढी हो । गत आवको तीन महिनामा पर्यटनबाट ११ अर्ब ६६ करोड ५० लाख रुपैयाँ आम्दानी भएको राष्ट्र बैंकको तथ्यांक छ ।
गत आव भर नेपालले पर्यटनबाट कूल ५८ अर्ब ५२ करोड ६९ लाख रुपियाँ आम्दानी प्राप्त थियो । गतवर्षको तुलनामा पर्यटकको संख्या पनि बढ्दै गएकोले पर्यटनक्षेत्रबाट प्राप्त् हुने आम्दानी बढुदै गएको हो । भूकम्प र नाकाबन्दीका कारण प्रभावित पर्यटन क्षेत्रमा सकारात्मक संकेत देखिएको ले यस वर्या करिब १० लाख पर्यटक पुग्ने पर्यटन बोर्डको अनुमान छ । नेपाल भ्रमणमा आउने पर्यटकको औषत बसाई करिब १३ दिन छ । त्यस्तै दैनिक खर्च प्रतिपर्यटक करिब ७० डलर रहेको छ । आजको गोरखापत्र दैनिकबाट