डोल्पाको चिसो छल्न जाजरकोटमा बास

459
views

डोल्पा, १७, मंसिर । माथिल्लो डोल्पामा चिसो बढेपछि जाडो छल्न डोल्पालीहरु जाजरकोट झरेका छन् । माथिल्लो भेगका डोल्पालीहरु अहिले जाजरकोटका विभिन्न गाउँमा पुगेका छन् ।

डोल्पामा भन्दा जाजरकोटमा चिसो कम हुने भएकाले चिसो छल्न घोडा, भेडा र खच्चडसहितका डोल्पाली जाजरकोटका विभिन्न गाउँमा पुगेका डोल्पा सहरताराका गैरी थकालीले बताए ।

माथिल्लो डोल्पामा हिमपात शुरु भएर बस्न नसकिने अवस्था भएकाले सहरतारा, गुम्वातारा, तेन्जे, माजफाल, सेलगायतका एक दर्जन गाउँबाट स्थानीयबासी जाजरकोट झरेका हुन् ।

जाजरकोटका खगेनकोट, तल्लु, मैदे, रिम्ना, राडीलगायतका ठाउँमा आएर डोल्पालीहरु बस्न थालेको सेका पामे लामाले बताए ।

डोल्पालीहरुले जाजरकोटमा बस्दा विभिन्न जडिबुटिजन्य सामाग्रीहरुका साथै जिम्बु बिक्री गर्ने गर्दछन् । उनीहरु अबको फाल्गुन महिनासम्म जाजरकोटमै विताउने छन् ।