दलित नेतामाथि नै खनियो काँग्रेस

543
views

पर्वत, १७, मंसिर । पर्वतको कुश्मा नगरपालिका वडा नं –१४ डाडाँखर्क रयाले गाउँमा नेकपा –एमाले) निकटका एक नेतामाथि काँग्रेस सर्मथक कार्यकर्ताले हातपात गरेका छन । एमाले निकट भातृ संगठन उत्पीडित जातीय मुक्ति संगठन वडा कमिटीका अध्यक्ष हाइबहादुर विकलाई कांग्रेसका कार्यकर्ताले शनिबार साँझ कुटपिट गरेका हुन ।
नेपाली कांग्रेसका स्थानिय कार्यकर्ताले बिकलाई खाना खाइरहेको समयमा घरमा पसेर कुटपिट तथा भाँडाकुडाँ र सामाग्री तोडफोड गरेको एमाले जिल्ला सचिवालय सदस्य तथा स्थानियबासी याम गुरुङ्गले जानकारी दिए ।
कांग्रेसका कार्यकर्ताले शुक्रबार बिहान एमालेले उक्त स्थानमा कोणसभा गर्न लागेको थाहा पाएपछि दलितहरुलाई गाउँमा सभा नगर्न दबाबको उलंघन गरेको भन्दै उनीमाथि आक्रमण गरेका हुन् ।
कार्यक्रम स्थानमा थप भिडन्त हुन नदिन प्रहरी चौकी ठुलीपोखरीबाट प्रहरी पठाइएको थियो । यसैगरी कुस्मा नगरपालिका वडा नं २ खुर्कोटको कालिका मन्दिरको मौलामा कांगेस कार्यकर्ता तथा लोकतान्त्रिक गैसस महासंघ पर्वतका अध्यक्ष गणेशबहादुर क्षेत्रीले नेपाली कांग्रेसको झण्डा गाडेको भन्दै बिरोध गरेर स्थानियले फालिदिएको स्थानिय महेश्वर शर्माले जानकारी दिए ।