देजमोको माग ‘निर्वाचन ऐन–२०७३’ को खारेज

603
views

नवदृष्टि संवाददाता
काठमाडौं १९ चैत्र ।
देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले शनिवार एक प्रेस वक्तव्य जारी गर्दै ‘स्थानीय तह निर्वाचन ऐन–२०७३’ तत्काल खारेज गर्न माग गरेको छ । मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेलद्वारा हस्ताक्षरीत वक्तव्य जारी गर्दै यस्तो माग गरिएको छ ।
गजुरेलले निर्वाचन सम्बन्धी व्यवस्था गरेको प्रावधानप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उक्त अलोकतान्त्रिक कानुन तत्काल खारेज गर्न र त्यसका विरुद्ध हुने संघर्षमा एकजुट भई अगाडि बढ्न अन्य पार्टीलाई समेत आव्हान गरेको छ ।
‘देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको ‘स्थानीय तह निर्वाचन ऐन–२०७३’ ले व्यवस्था गरेको प्रावधानप्रति गम्भीर ध्यानाकर्षण भएको छ र उक्त कानुनको दफा (६) को उपदफा ६ र ७ मा व्यवस्था भए अनुसार हाल संसदमा रहेका दलहरुले मात्र निर्वाचित चिन्ह पाउने प्रावधानप्रति देजमोले आपत्ति प्रकट गरेको हो ।