माडीलाई मणी बनाउने प्रचण्डको प्रतिबद्धता, बाँदरमुढे दुखद् घटना हो–ओली

598
views

माडी (चितवन) १८, मंसिर । एमाले अध्यक्ष केपी शर्मा ओलीले । द्वन्द्वकालमा भएको बाँदरमुढे घटना दुःखद् भएको उल्लेख गरे । ओलीले घटना दुखद् हो तर, पुराना कुरालाई विर्सिएर स्थिरता कायम गरी देशलाई समृद्धिमा लैजान एमाले र माओवादी केन्द्रलाई विजयी गराउन समेत आग्रह गरे ।

उनले वाम एकता कार्यकारी पदको लागि केन्द्रित नभएको बताए । चितवनको माडीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेतृत्वका लागि नभई देश विकास, लोकतन्त्र र जनताको व्यवस्थापनका लागि एकता गरेको पनि उल्लेख गरे ।
अध्यक्ष ओलीले माओवादी जनयुद्वको विरुद्धमा रहेको स्मरण गर्दै विगतका कुरा सम्झिएर वर्तमानमा अल्मलिनु उचित नभएको बताउँद विकासमा लम्किनुपर्ने धारणा व्यक्त गरे ।
चुनावी सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो उम्मेदवारीले देश र सबैको ध्यान माडीमा केनिद्रत भएको बताए । अध्यक्ष दाहालले ‘विकासको लहरले माडीलाई मणि बनाउने मेरो सपना रहेको प्रतिवद्धता व्यक्त गरे ।संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी नयाँ संविधान ल्याउनु १० वर्षे सशस्त्र द्वन्द्वको उपलब्धि भएको दाबी गर्दै उनले द्वन्द्वको सबैभन्दा ठूलो गल्तीका रूपमा बाँदरमुढे घटना रहेको बताए । बाँदरमुढे घटनाको बहानामा राजनीति गर्न खोजेको पनि अध्यक्ष दाहालको भनाई थियो ।
‘बाँदरमुढे घटनाको बहानामा राजनीति गर्न नखोजिएको होइन’, उनले भने, ‘वाम गठबन्धनको सरकार बनेपछि क्षतिपूर्ति र राहतको प्याकेज दिने प्रतिबद्धता पूरा गरेरै छाड्छु ।’ दाहाल चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् ।
उनले बाँदरमुढेका केही पीडितसँग भेटी घाइतेको उपचार खर्च बेहोर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति दिने प्रतिबद्धता जनाएका छन्। माडी नगरपालिकाको कार्यालयमा माओवादी केन्द्रका तर्फबाट दाहाल र पाँच जना पीडितले प्रतिबद्धतापत्रमा हस्ताक्षरसमेत गरेका थिए ।