चपलीहाइट विस्फोटका ११ घाइतेको यस्तो छ अवस्था

638
views

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ स्थित चपली हाइटमा सोमबार बिहान भएको विस्फोटमा काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगनकुमार थापासहित ११ जना घाइते भएका छन् । चुनावी घरदैलोका क्रममा भएको विस्फोटमा उम्मेदवार थापाको कान र ढाडमा चोट लागेको छ ।

विस्फोटमा घाइते भएका २८ वर्षीय जयराज लामिछाने र ३२ वर्षीय रेणु बरुवालको दुबै खुट्टामा चोट लागेको छ। ४० वर्षीय श्यामकृष्ण श्रेष्ठ र २५ वर्षीय राजकाजी श्रेष्ठको दाहिने खुट्टामा चोट लागेको छ । ३० वर्षीय सुमन खड्काको पनि दाहिने खुट्टामा चोट छ ।

४० वर्षीय ध्रुव खड्काको दाहिने हातमा चोट लागेको छ । ४३ वर्षीय पूर्णबहादुर श्रेष्ठको दाहिने हातमा चोट छ । ४४ वर्षीय रवीन्द्र कार्कीको निधारमा चोट छ । ४० वर्षीय कालीलाल श्रेष्ठ र ४० वर्षकै पार्वती श्रेष्ठको अवस्था समान्य छ । उम्मेदवार थापासहितका घाइतेलाई बमको छर्रा लागेको छ । थापाको शरीरबाट तीनवटा छर्रा निकालिएको छ ।