कथा

चुनाव खर्च तिर्न बैदेशीक रोजगारीमा (बाध्यता)

1555
views

–राजकुमार श्रेष्ठ, कतार
‘बिदेशमा ज्वाइले कत्रो दुःख गरेर कमाएको पैसा हो यो । अनि त्यै पैसाले किनेको मङल सुत्र, सिक्री हो । म कहाँ यो सबै दिन सक्छु र दाजु तपाईंलाई । तपाईंले के कुरा गर्नु भएको ? मैले त सुनेको थिँए, पार्टीले नै सबैथोक बन्दोबस्त गर्छ अरे त “बैनी अञ्जनाले आफ्नो वीरबहादुर दाजुलाई भनिन् । वीरबहादुर पनि बहिनी तिर पुलक्क हेर्दै, “तेसो नभन न कान्छी, पार्टीले कहा सप्पै पैसा दिन्छ र ? पार्टीलाई पनि त फाइदा हुनुपर्यो नि ? यत्रो नेपालभर मलाइ मात्रै एक ठाउँमा एक जनालाई दिएर हुन्छ र ? आधा पैसा पनि पाइदैन होला ? आधा भन्दा धेरै त मैले आफै बेहोर्नु पर्छ नि ।
‘ए होइ, हन पार्टीभित्र पनि बिजिनेस जस्तै पो हँुदोरैछ त दाजु “अन्जनाको कुरा काट्दै वीरे दाइले फेरि भन्यो, ‘हैन, धेर कुरा नगर्न हौ ? के हो कुरा, के कति हुन्छ छिटो भन त ? मलाइ अहिले मिटिङमा जान हतार हुन्छ ।’ मैले चुनाब जिते पछि त सत्ता, भत्ता, राष्ट्रिय ढिकुटि, नेता, कार्यकर्ता सबै हाम्रो हातमा हुन्छ । त्यस पछि त,म बैनीलाई त्यसको डबल त्रिबल पैसा, गहना जे जे भन्छ्स त्यही त्यही दिइहाल्छु नि । नेता कार्यकर्तहरुलाई पार्टीको आड, भरोसा दिने पनि हामी नै त हौ नि ।“ अस्ति नै स्थानीय चुनाबमै मलाइ पार्टीबाट उठाउने कत्रो कुरा चलिरहेको थियो । मैले तेतिखेर धेरै चासो पनि गरिन् । आ होस् है अहिले बरु उठनै परे पनि अर्को चुनाबमा उठौला भनेर सोचिरहेको थिए ।

दाइको कुरा सुनेर अन्जना फेरि कुरा थप्छ, “अ्ममम ! के हो दाई देशै बेच्ने कुरा गर्छौ त हौ ? धेरै राजनीतिक गफ नजाने पनि हल्काफुल्का त बुज्या छ नि हौ हाम्ले पनि, हाम्रो नेपालको राजनीति देखेर जानिने कुरा हो ।“ बहिनीको कुरा काट्दै दाई फेरि बिचैमा बोल्छ, “त्यहाँ देखि त के दाई पनि मालामाल अनि बैनी ज्वाँइको पनि दिन फर्कन्छ । ज्वाइँलाइ पनि घरै बोलाए हुन्छ । मैले चुनाब जितुम् मात्रै न हाम्रो शान र मान कत्रो हुन्छ ? म ज्वाँइलाई जागिर मिलाइ दिई हाल्छु नि । “दाईको कुरा सुनेर अन्जना मक्ख पर्छिन । अञ्जना बहिनीले पनि आफ्नो हात, कान र गलाको सबै गहना निकालिन् । आफू बुच्चै बसेर पनि लौ न त आफ्नै दाजु हो । एक थोक जे होला भन्दै दाइलाइ जम्मा चार तोला सुनको गहनाहरु थमाइ दिइन ।

राजनीतिक दलले वीरबहादुरको बिश्वास गरेर देश र जनताको सेवा गर्नलाइ टिकट दियो । त्यसैले उसले पनि यसपालीको संसदीय चुनाबमा प्रतिनिधि सभाको उम्मेदवार बनेर लड्ने मौका पायो । गाउँ देखि शहर, सडक र सदरमुकाम सम्म चुनाबी अभियानका साथ नारा जुलुस गरिए । हाम्रो पार्टीलाई हैन राम्रो पार्टीलाई भोट दिऔं भन्दै प्रचार, पम्पलेट गरियो । आफ्नो तर्क, बुद्धिको शक्ति लगाएर सबै सग भोट मागे । यो कुरा बिदेशमा बस्ने बैनी ज्वाइँले पनि थाहा पाए ।

उसका सबै साथी, भाइ, नर, नाता र गाउँभरिका मान्छेहरुले भोट दिएर साथ दिने प्रतिबद्धता गरे । चुनाबको दिन आयो । चुनाब राम्रैसँग सु–सम्पन्न भयो । भोलिपल्टै देखि मतपत्र गणना शुरु भयो । शुरु शुरुमा त पहिलो स्थान ल्याउदै थियो । तर वीर बहादुरले मात्रै पच्चीस मतको अन्तरले चुनाब हार्नुपर्यो । उ निराश भयो । उ केही बोल्न सकेन । बहिनी अन्जनाको पैसा त तिर्नै पर्यो । उसले सोच्यो, “अब गाउँघरमा बसौ त, के गरेर बस्ने ? “केहि गरौ भने नेपालमा केही गर्ने वातावरण पनि छैन ।

हिजोसम्म हेल्लो हाइ गर्दै हिड्ने साथीहरू पनि अब त वीर बहादुरलाई देखेपछि बोल्नै छोडे । अब उसलाई साथी भाइ देखि लाज, शरम लाग्न थालेको छ । त्यसैले उ अर्को महिनामा बाध्य भएर पैसा कमाउन वैदेशिक रोजगारिमा जादैछ ।