नुवाकोटमा मतगणना जारी यस्तो छ अहिलेसम्मको मत परिणाम

561
views

नुवाकोट, २२ मंसिर । प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नुवाकोटमा बमगठबन्धका उम्मेदवारले अग्रता लिएका छन् । बिहीबार साँझबाट सुरु गरी जारी मतगणनाको पछिल्लो परिणामा प्रतिनिधि सभा क्षेत्र नं. १ मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार हितबहादुर तामाङ पाँचहजार ६८४ मतको साथ अग्रस्थानमा रहनुभएको छ भने नेपाली काँग्रेसका उम्मेदवार डा.रामशरण महतले चारहजार ६४३ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, प्रतिनिधिसभा क्षेत्र नं. २ मा नेकपा (एमाले) का उम्मेदवार नारायणप्रसाद खतिवडा ५६१८ मतको साथ अग्र स्थानमा रहनुभएको छ । काँग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले ३५९० मत प्रात गर्नुभएको मुख्य निर्वाचन अधिृकत लोकजङ्ग शाहले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा तर्फ जस्तै प्रदेशसभातर्फ पनि बामगठबन्धका उम्मेदवारले अग्रता लिएका छन् । प्रतिनिधिसभा क्षेत्र नं. १ को (क) तर्फ माओवादी केन्द्रका उम्मेदवार राधिका तामाङ २५३३ हजार ५२५ मतको साथ अग्रस्थानमा रहनुभएको छ भने काँग्रेसका उम्मेदवार महेन्द्र थिङले १७९९ मत प्राप्त गर्नुभएको छ । प्रदेश (ख) तर्फ एमालेका बद्री मैनालीले ३९०० मत ल्याएर अग्र स्थानमा रहनुभएको छ भने काँग्रेसका उम्मेदवार रमेशकुमार महतले २०४० मत प्राप्त गर्नुभएको छ ।

यस्तै, प्रतिनिधिसभा क्षेत्र नं. २ को प्रदेश (क) मा एमालेका उम्मेदवार केशवराज पाण्डेले ३३६० मत ल्याएर अग्रस्थानमा रहनुभएको छ भने काँग्रेसका उम्मेदवार जगदीशनरसिंह केसीले २१०३ मत प्राप्त गर्नुभएको छ ।

प्रदेश (ख) तर्फ माओवादी केन्द्रका उम्मेदवार हिरानाथ खतिवडाले एक हजार २६३५ मत ल्याएर अग्रस्थानमा रहनुभएको छ भने काँग्रेसका उम्मेदवार जगतबहादुर तामाङ २०१७ मत प्राप्त गर्नुभएको छ ।