मतगणना शान्तिपूर्ण–निर्वाचन आयुक्त

568
views

काठमाण्डौ । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले मुलुकभर शान्तिपूर्ण रुपमा मतगणना भइरहेको बताउनुभएको छ । मतगणना अवलोकनका लागि राष्ट्रिय सभागृह पुग्नुभएका आयुक्त पौडेलले सञ्चारकर्मीसँग कुरा गर्दै निर्वाचन र मतगणना देशरभर नै शान्तिपूर्ण रुपमा भइरहेको बताउनुभयो ।

आयुक्त पौडेलले मुलुकभर चार दिनभित्र प्रतिनिधिसभा र आठ दिनभित्र समानुपातिकतर्फको मतपरिणाम आउने गरी काम भइरहेको स्पष्ट पार्नुभयो ।