नुवाकोटमा रोचक प्रतिष्पर्धा, बाम गठवन्धनकै अग्रता

822
views

नुवाकोट, २३ गते । प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नुवाकोटमा बमगठबन्धका उम्मेदवारले अग्रता लिएका छन् । बिहीवार साँझबाट सुरु गरी जारी रहेको मतगणनाको आज बिहान ६ बजेसम्मको पछिल्लो परिणामा प्रतिनिधि सभा क्षेत्र नं. १ मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हितबहादुर तामाङ १२ हजार ७२१ मतको साथ अग्र स्थानमा रहनुभएको छ भने नेपाली काँग्रेसका उम्मेदवार डा.रामशरण महतले १० हजार ४०० मत प्राप्त गर्नुभएको छ ।
यस्तै, प्रतिनिधिसभा क्षेत्र नं. २ मा नेकपा (एमाले)का उम्मेदवार नारायणप्रसाद खतिवडा १४हजार ४९४ मतको साथ अग्र स्थानमा रहनुभएको छ । काँग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले १० हजार ४२३ मत प्रात गर्नुभएको मुख्य निर्वाचन अधिृकत लोकजङ्ग शाहले जानकारी दिनुभयो ।
प्रतिनिधिसभा तर्फ जस्तै प्रदेशसभातर्फ पनि बामगठबन्धका उम्मेदवारले अग्रता लिएका छन् । प्रतिनिधिसभा क्षेत्र नं. १ को (क) तर्फ माओवादी केन्द्रका उम्मेदवार राधिका तामाङ ७ हजार ४९० मतको साथ अग्रस्थानमा रहनुभएको छ भने काँग्रेसका उम्मेदवार महेन्द्र थिङले ५ हजार ५७१ मत प्राप्त गर्नुभएको छ । प्रदेश (ख) तर्फ एमालेका बद्री मैनालीले ८ हजार ९१८ मत ल्याएर अग्र स्थानमा रहनुभएको छ भने काँग्रेसका उम्मेदवार रमेशकुमार महतले ४ हजार ८५१ मत प्राप्त गर्नुभएको छ ।
यस्तै, प्रतिनिधिसभा क्षेत्र नं. २ को प्रदेश (क) मा एमालेका उम्मेदवार केशवराज पाण्डेले ९ हजार ६६० मत ल्याएर अग्रस्थानमा रहनुभएको छ भने काँग्रेसका उम्मेदवार जगदीशनरसिंह केसीले ६ हजार ११२मत प्राप्त गर्नुभएको छ ।
प्रदेश (ख) तर्फ माओवादी केन्द्रका उम्मेदवार हिरानाथ खतिवडाले ६ हजार ८८६ मत ल्याएर अग्रस्थानमा रहनुभएको छ भने काँग्रेसका उम्मेदवार जगतबहादुर तामाङ ५ हजार ६३८ मत प्राप्त गर्नुभएको छ ।
नुवाकोटमा प्रनिनिधिसभाको दुई र प्रदेशसभाको चार पद गरी कुल छ पदको लागी ४६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । मंसिर १० गते भएको निर्वाचनमा एक लाख ३९ हजार ७६१ मतदाताले मतदान गरेका छन् । अन्तिम नतिजा आउन एक दिन लाग्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।