उपत्यकाका सहकारीमा सात अर्ब निक्षेप

612
views

काठमाडौं, २३ मंसिर । उपत्यकाका ठुला सहकारी संस्थामा करिब साढे ७ अर्ब रुपैयाँ निक्षेप रहेको छ । डिभिजन सहकारी कार्यालय काठमाडौंले दिएको जानकारी अनुसार ५ करोड रुपैयाँ भन्दा माथिको कारोबार गर्ने उपत्यकाका १ सय ३९ वटा सहकारी संस्थामा ७ अर्ब २७ लाख ७२ हजार ५ सय ७९ रुपैयाँ रहको हो । सहकारी डिभिजन कार्यालयका अनुसार भागर्व बचत तथा ऋण सहकारी संस्था सामाखुसीमा १ अर्ब १२ करोड १९ लाख ७१ ह्जार ९ सय २१ रुपैयाँ बचत छ । यस सहकारीको सेयर पुजीँ ७८ लाख २६ हजार ७ सय ३३ रुपैयाँ छ । त्यसैगरी इन्भेस्को बचत तथा ऋण सहकारी संस्थको ५३ लाख २ लाख ६ हजार २५ रुपैयाँ रहेको छ भने १ करोड १४ लाख ५ हजार रुपैयाँ सेयर पुँजी छ । त्यस्तै खप्तड बचत तथा ऋण सहकारी संस्थाको ४ करोड ५१ लख ३० हजार ४ सय ५२ रुपैयाँ बचत छ । यस सहकारी संस्थाको सेयर पँुजी ५ करोड ३४ लाख रुपैयाँ रहको छ । आजको राजधानी दैनिकबाट