आमाको दाहसंस्कार छाडेर मतगणना

636
views

गोरखा, २३ मंसिर । ‘म नौ बजे आउँछु भनेको थिएँ नि, आइहाले होइन त १’ मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले मतपरिणाम सार्वजनिक गर्न माइक्रोफोन अघि कुर्सीमा बसेर फिस्स हास्दै पत्रकारसँग भने । सञ्चारकेन्द्रका पत्रकार मुखामुख गरेर मुस्कुराए ।
लगत्तै उनले मतपरिणाम सुनाए र विदा भए । जिल्ला न्यायधिससमेत भएका पौडेलको ९५ वर्षीय आमा हुमादेवीको बिहिबार दिउँसो चार बजे निधन भएको थियो । आमाको दाहसंस्कार छाडेर पनि उनी मतगणना परिणाम सफल बनाउन निरन्तर लागिरहे ।
बिहिबार दिउँसो ४ बजे मतगणनाका लागि सर्वदलीय बैठक बसिरहदा उनको आमाको निधन भएको खबर आएको थियो । केही बेर उनी किंकर्तव्यविमुढ भएका थिए । मंसिर, १० गत्ते सम्पन्न निर्वाचनको मुखमै आएको मतगणना छाढेर विदामा जान पनि उनले उचित ठानेनन् । ‘मैले जुन काम जिम्मा लिएको थिए, त्यो चटक्कै छाडेर जानसक्ने अवस्था थिएन, उनले भने, कान्छो छोरो भएकाले आमाको दाहसंस्कारमा जान पनि उत्तिकै महत्वपूर्ण थियो ।
तर, उनी मुटु दरो बनाइर केही नभएजस्तो गरी काममा लागिरहे । निर्वाचन सम्पन्न गराउनु र आमाको अन्तिम अवस्थामा मुख हेर्नु आफ्ना लागि उत्तिकै अवस्था रहेको उनले बताए । निर्वाचनको काम अघि बढाएर काजकिरियामा सहभागी भए, उनले भने । आजको अन्नपूर्ण दैनिकबाट